सोमबार, १८ नोभेम्बर २०२४

काँग्रेसले माग्याे उपसभामुख रानामगरकाे राजीनामा

नेपाली काँग्रेसले बिचाैलियासँग साँठगाँठ गरेर पाँच युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेकी सभामुख इन्दिरा राना मगरकाे राजीनामा मागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको क्यालेन्डर: साउन १५ गतेसम्म ६ वटा बैठक सञ्चालन गर्ने

‘साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८ र १३ १४ १५ यो निर्धारण भयो। अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो। कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशको अवस्था राम्रो छैन: प्रधानमन्त्री ओली

उनले भने, ‘देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। भविष्य उज्वल छ। तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन। हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाई मत पुर्याउन ओलीलाई कम्तिमा १८४ मत आवश्यक पर्दछ। ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। अहिले कांग्रेस र एमालेबाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ। यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवालाई अवैध रुपमा अमेरिका पठाउने धन्दामा उपसभामुख राना

आफ्नाे पदीय हैसियत बिर्सिएर बिचाैलियाकाे भूमिकामा उभिएर केही युवालाई अमेरिका पठाउन नेपालस्थित अमेरिकी दूतावासमा भिसा आवेदन दिएपछि उपसभामुख राना विवादमा तानिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

उनले ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा एमालेकाे सचिवालयले जनाएकाे छ। ओलीले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने ३१ गते शपथ ग्रहण गरेर पदभार सम्हालेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बङ्गलादेशमा कोटा विरोधी आन्दोलन चर्कियाे, बाहिर ननिस्कन नेपाली विद्यार्थीलाई दूतावासकाे आग्रह

बङ्गलादेशमा आरक्षण (कोटा) विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेकाे छ। बुधबार सूचना जारी गर्दै दूतावासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे बन्दैछ न्युरोडको फुटपाथ (तस्बिरहरू)

संघीय सरकार र काठमाडौं महानगरपालिको द्वन्द्वका कारण रोकिएको न्युरोडको फुटपाथकाे काम फेरि सुरु गरिएको छ। मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौँलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूली बस दुर्घटनाकाे मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए। ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

सडक मानवमुक्त बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

aप्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलताल पहिरो: गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा

सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ। अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा बेपत्ता बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अदालतको आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम सुरु

उच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ। महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि सुरु गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोपियो तुलसी

आषाढ शुक्ल एकादशीका दिन आज (बुधबार) नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समयमा काम नगर्ने चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा दिइएकाे छ- माधव सापकाेटा (अन्तर्वार्ता)

सापकाेटाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरिबन्धु टी स्टेट, बेचन झा र अपवित्र गठबन्धनलगायत कुराहरु हेर्दा यी घटनाहरुबाट ज्यादा आलाेचनामा परिन्छ भनेर यी सबै घटना र विषयलाई विषयान्तर गर्नका निम्ति एमाले-काँग्रेसले संविधान संशाेधन र स्थिरताकाे बक्वासवाला नारा दिएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा राेपिँदै

ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीमाथि किन चल्यो डण्डा?

अधिकारी किन निलम्बनमा परे?उनीमाथि विश्वविद्यालयमा नियमविपरीत रजगज गरेको आरोप छ। ‘विश्वविद्यालयको गरिमामा आँच आउने गरी, हानी नोक्सानी हुने कार्य गर्नुभएकाले तपाइलाई कुलसचिवबाट निलम्बन गरिएको छ’, निलम्बन पत्रमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्ती हटाउने बाटाे खुल्याे, यस्ताे छ सर्वोच्च फैसला (पूर्णपाठ)

‘प्रदूषण नियन्त्रणकै सन्दर्भमा नदी किनारामा वसोवास गरेका व्यक्तिहरुको सरकारी जग्गा अतिक्रमण गरी बस्ने कुनै हक नहुने भए पनि वाध्यतामा परी विकल्प नभई वसेका वास्तविक सुकुम्वासीहरुको पहिचान गरी स्थानान्तरणको लागि हाल इचङ्गुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्नू।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं