आइतबार, १५ जुन २०२५

कानुन सांसदले बनाउने हो, शिक्षक महासंघको हस्तक्षेप स्वीकार्य छैन: सुमना श्रेष्ठ

फाइल तस्बिर
• • •

रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने जिम्मेवारी संसदको भएको बताउँदै बाह्य प्रेसर सह्य नहुने बताएकी छन्।

प्रतिनिधि सभाको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै सुमनाले सरकार नेपाल शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता संघसंस्थाको दबाबमा परेको दाबी गर्दै ऐन बनाउँने विषयमा बाह्य हस्तक्षेप सह्य नहुने बताइन्।

उनले महासंघले राजनीतिक दवाब दिए त्यो पार्टीले थेग्नुपर्ने तर सांसदहरूलाई दवाब असर पार्न नहुने जिकिर गरिन्। उनले ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै त्यसका लागि सरकारलाई रुलिङ गर्न समिति सभापतिसँग अनुरोध गरिन्। 

उनले भनिन्, ‘अंग्रेजीमा एउटा भनाइ छ- ‘डज द डग वाग द टेल, अर डज द टेल वाग द डग? कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने? हामीले बनाउने हो कि संघ संगठनहरूले विधेयक बनाउने?’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?