शनिबार, २३ अगस्ट २०२५

नेप्सेमा सामान्य अङ्कको वृद्धि

आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हतियारसहित सर्वोच्च अदालत पुगेका दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्। सोमबार दिउँसो हतियार लिएर अदालतभित्र प्रवेश गरेपछि खड्कालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा जीप पल्टिँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - देउखुरी

परराष्ट्रमन्त्रीले भने- रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ

‘मैले रूसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेँ। रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न, सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ मन्त्री श्रेष्ठले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ईशनाथका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध रु ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध रु तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गगठन, दीपक मनाङे बने मन्त्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गगठन भएकाे छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार दीपक मनाङे (राजीव गुरुङ)लाई समेटेर पुनर्गगठन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो। पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए। एकापसमा बधाई साटिरहेका देखिन्थे।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

घट्यो सुन-चाँदीको मूल्य

आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

महरालाई सीआइबी पुर्‍याइयो 

सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुर्‍याइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कृष्णबहादुर महरालाई सीआइबी पुर्‍याइयो

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ल्याइएको छ।  रुपन्देहीबाट राेल्पा जाँदैगर्दा कपिलवस्तुको पकडीबाट समातिएका पूर्वसभामुख समेत रहेका महरालाई सीआइबी पुर्‍याइएकाे अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गगन थापाकाे प्रश्न- सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?

आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दाेष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयाे

साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई यती एयरलाइन्सको विमानबाट काठमाडौँ ल्याएको हाे। पूर्वसमाभुखसमेत रहेका उनलाई काठमाडौं ल्याइएसँगै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा लगिँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहान ७ः५३मा बसेको त्यो मिटिङ जसले महरा पक्राउको नाम सार्वजनिक गर्‍याे

सुन तस्करी प्रकरणमा उनीमाथि छानबिन गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि उनलाई प्रहरीले निगरानी गरिरहेको थियो। उनी पश्चिम जाँदैछन् भन्ने जानकारी राखेको प्रहरीले अब के गर्ने? उनलाई प्रहरीले पश्चिम जानबाट रोक्ने त योजना बनायो तर पक्राउ गर्ने  कि नगर्ने निर्णय लिन सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रविलाई केकी अधिकारीको खुलापत्र: तपाईंले गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन्

समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सुन प्रकरण: कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल ट्रायथलन संघको ‘फेमिलियराइजेसन’ कार्यक्रम

नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सीप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रालयमा सोर्स फोर्स वा बार्गेनिङको गन्ध पाए खबर गर्नुहाेला, तत्काल कारबाही गर्छु- मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नाे वा पार्टी तथा कर्मचारीकाे नाम लिएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा-बढुवाका लागि साेर्स फाेर्स लगाइएकाे पाइएमा कारबाही गर्ने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज  बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर