बिएल संवाददाता
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयका कुनै पनि काममा कसैले साेर्स फाेर्स वा बार्गेनिङ गरेकाे पाइएमा कारबाही गर्ने बताएकी छन्।
मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नाे वा पार्टी तथा कर्मचारीकाे नाम लिएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा-बढुवाका लागि साेर्स फाेर्स लगाइएकाे पाइएमा कारबाही गर्ने बताएकी हुन्। त्यस्तै कार्य गरेकाे पाइएमा मूल्याङ्कनमा ०.५ अंक घटाइने बताइन्।
कसैले त्यसरी साेर्स फाेर्स लगाउने वा बार्गेनिक गरेकाे प्रमाण भएमा उजुरी गर्नसमेत मन्त्री श्रेष्ठले आग्रह गरेकी छन्। ‘सोर्स फोर्स वा बार्गेनिङको गन्धमात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला : complaints@moest.gov.np। हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ,’ मन्त्री श्रेष्ठले उल्लेख गरेकी छन्।
उनले भर्ना गर्न वा छात्रवृत्ति पाउनका लागि आफ्नाे वा मन्त्रालयका कर्मचारीहरुकाे नाम लिएर बार्गेनिङ गरेमा पनि कारबाही गर्ने उनकाे भनाइ छ।
‘प्रमाणसहित सिंधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईंहरू पनि नलागिदिनुहोला,’ मन्त्री श्रेष्ठले भनिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया