शनिबार, २३ अगस्ट २०२५

एकीकृत समाजवादीको मस्यौदा समितिको बैठक जारी

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवदेन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र साङ्गठनिक प्रतिवदेनमाथि छलफल हुने सो पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर: रवि लामिछानेलाई ‘क्लिन चिट’ (पूर्णपाठ)

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिनालगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरमा ल्याउन सरकार दृढ रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न कांग्रेसकाे माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साथीको हत्या गरी फरार भएका राई २१ वर्षपछि पक्राउ

उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा आवश्यक कारबाहीका लागि पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसले रविलाई फसाउन खोज्याे, सत्ता छुटेको पीडामा छाती पिटेर रुँदैछ: केपी ओली

अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

दोषी देखिए रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन: प्रधानमन्त्री

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए। यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ: प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नहरूको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन्। विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको अवगत गराउँदै उनले दोषी नछुटुन् र निर्दाेष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानको विषयमा राजीनामाबाहेक अर्को विकल्प छैनः काँग्रेस

‘सहकारीको रकम हिनामिना प्रकरणमा उहाँ (रवि)को नाम जोडिएको छ। उहाँको राजीनामाबाहेक अर्को विल्कप छैन,’ गिरीले भने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद बैठक अवरुद्ध गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पैंयुँमा बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने

पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपाध्यक्ष महरा पक्राउबारे माओवादीले भन्याे- निलम्बन गर्ने/नगर्नेबारे छिट्टै निष्कर्षमा पुग्छाैँ

‘छलफल जारी छ। विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ’, प्रवक्ता सापकोटाले भने। पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ। उनले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र आन्दोलनरत सहकारी पीडितबीच वार्ता हुँदै

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४० करोड राजस्व छलीकाे आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा, ७९ करोड मागदाबी

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीपङ्क्तिलाई माधव नेपालको निर्देशन- अन्योलमा नपरी महाधिवेशनमा जुट्नुस्

जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भने, ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ। तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत, ओलीकाे उपस्थितिमा शपथ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

कथाकार प्रधानको निधन

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी पदाधिकारी बैठक जारी, सुन काण्डमा पक्राउ परेका महराबारे छलफल

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि बाेलाइएकाे साे बैठक बिहान साढे ८ बजेदेखि सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक: आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाराम्बार लडेपछि अमेरिकी राष्ट्रपति वाइडेनका लागि विशेष जुत्ता बनाइयो

‘फक्स न्यूज’को रिपोर्टका अनुसार राष्ट्रपतिका लागि बारम्बार खस्ने जोखिम कम गर्न नयाँ प्रकारको जुत्ता डिजाइन गरिएको छ। नेपाली मुद्राअनुसार सो जुत्ताको मूल्य करिब २० हजार रुपैयाँ पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं