बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिए।
‘छलफल जारी छ। विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ’, प्रवक्ता सापकोटाले भने। पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ। उनले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए।
उपाध्यक्ष महरालाई सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनलाई सोमबार नै काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया