मङ्गलबार, १२ अगस्ट २०२५

प्रतिनिधिसभा बैठक: आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्विर
• • •

प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि बिचार गरियोस’ प्रस्तुत गर्नेछन्।

साथै आ.व. २०८१/८२ को लागि बिनयोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!