बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्।
एक महिलासँग फोन संवादका क्रममा ज्यान मार्ने धम्कीदेखि अश्लील गालीगलौज गरेको प्रकरणमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले बताए।
आयोग स्रोतका अनुसार खगेन्द्रको जवाफ चित्त नबुझे फेरि दोस्रो चरणको अनुसन्धान पनि हुन सक्नेछ। केन्द्रीय अनुसन्धान आयोगले यही विषयमा छानबिन गर्न उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छुट्टै छानबिन समिति गठन गरेको छ। उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी दिइएको छ।
समिति स्रोतका अनुसार खगेन्द्र सुनारको भनिएको अडियोहरू संकलन गरिसकिएको छ। अडियोहरू प्रकाशित गर्ने सञ्चारमाध्यमलाई पनि खगेन्द्र जोडिएका सम्पादन नगरिएका अडियोहरू र अन्य प्रमाणहरू भए पठाउन पत्र लेख्ने समितिले निर्णय गरेको छ। जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा खगेन्द्र जोडिएको विवादित अडियोहरू प्रकाशित भएका छन्।
त्यस्तै पीडित भनिएकी महिलाले न्युज २४ टेलिभिजनमा दिएको अन्तर्वार्ता र थप विषहरू उपलब्ध गराउन पनि पत्र लेखिने छानबिन समितिले निर्णय गरेको छ।
छानबिन टोलीले बिहीबार दिउँसो मात्रै जनआस्थाको ठाडो ढुंगास्थित कार्यालय पुगेर पछि फिर्ता गर्ने सर्तमा आवश्यक प्रमाणहरू संकलन गरेको छ।
त्यस्तै अडियोको सत्यताबारे प्राविधिक विषयहरूबारे विज्ञहरूको राय लिने र सम्भव भएसम्म छिट्टै निष्कर्षमा पुगेर प्रतिवेदन तयार पार्ने समितिको तयारी छ।
यद्यपि नजिकिएको दशैं पर्व र समय अभावका कारण प्रमाणहरू संकलनमा ढिलाइ भए छानबिनको काम दशैंपछि धकेलिन सक्ने समितिका एक सदस्यले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया