बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ।
आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ।
बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह एक दशमलव ०८ प्रतिशतले बढेको छ।
गुर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ।
कारोबार रकममा आधारमा गुर्खाज फाईनान्स लिमिटेडको रू २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको छ लाख ४२ हजार पाँच सय ९१ कित्ता शेयर किनबेच भनेको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया