बिएल संवाददाता
स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ।
आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ।
यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर रु एक लाख २३ हजार नौ सय कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। आइतबार प्रतितोला रु एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार तीन सय तीन निर्धारण भएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया