आइतबार, ०७ सेप्टेम्बर २०२५

भरतपुरमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरी आगजनी

आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री प्रचण्ड

‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनको मूल्य, तोलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतकहरूलाई सभामुखले बोलाए छलफलमा 

सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ

आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएकाे भन्दै उनले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्नाे राख्याैँ। यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा

डा. नेपालले दिएकाे राजीनामा आइतबार राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ। सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि उनले असन्तुष्टि जनाउँदै दिएकाे अभिव्यक्तिले उनी विवादमा तानिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२९औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पाले कायम राखे आफ्नो कीर्तिमान

वरिष्ठ गाईड तथा विश्व चर्चित आरोहीले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण’ को उपाधि कायम राखेका छन्। सोलुखुम्बुको थामे गाउँमा जन्मे हुर्केका कामिरिता शेर्पा सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

‘अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ। यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ’, उनले भनेका छन्,  ‘अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले। जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्धको विमान अवतरणको क्रममा धावनमार्ग बाहिर

बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ। राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ।  उडान नम्बर बीएचए ८०५  विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो। विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुम्बईमाथि जित निकाल्दै कोलकोता आइपिएलको प्लेअफमा

गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो। कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अफगानिस्तान बाढी: मृत्यु हुनेकाे संख्या तीन सय नाध्याे, आपत्कालीन अवस्था घोषणा

अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा मृत्यु हुनेकाे संख्या तीन सय नाघेकाे विश्वखाद्य कार्यक्रम (डब्ल्युफएपी)ले जनाएकाे छ। अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अफगानिस्तान

गायक रवि ओड प्रहरी नियन्त्रणमा

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नागरिकलाई कार्डको भारी, दुई अर्बको ‘मास्टरकार्ड’ बेकामे

राज्यका विभिन्न सेवाका लागि नागरिकले अहिले थरी–थरीका सरकारी परिचयपत्र बोक्नुपर्ने बाध्यता छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, पान नम्बर, लाइसेन्स, जीवन बिमा परिचयपत्रलगायतका सरकारी कार्डले एकातर्फ सेवामा राज्यको खर्च बढाएको छ भने अर्काेतर्फ सर्वसाधारणलाई सास्ती छ। जब कि सबै परिचयको विवरण राष्ट्रिय परिचयपत्रमै राख्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्ने भएको छ। स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ। हिजोदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले  आज पुनः बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ। केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए। विसं २०३५ सालामा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

ओटावा​ -क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ। उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए। आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - ओटावा

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो। यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन।  शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो। बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका