बिएल संवाददाता
कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा छनौट भएको छ।
गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो। कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो।
वर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ।
त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौं हार हो। १३ खेलमा ८ अंक रहेको मुम्बई नवौं स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया