
बिएल संवाददाता
कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा छनौट भएको छ।
गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो। कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो।
वर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ।
त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौं हार हो। १३ खेलमा ८ अंक रहेको मुम्बई नवौं स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया