
अवैध बाटोबाट अमेरिका : पाँच वर्षमा २०० नेपाली डिपोर्ट
मानव तस्करलाई मोटो रकम बुझाएर सल्यानका हिमाल (परिवर्तित नाम) पनि अवैध बाटोबाट अमेरिका पुगे । एजेन्टले अमेरिका पठाइदिने भनेर उनलाई दुबई–टर्की–स्पेन–कोलम्बिया–पेरु–पानामा हुँदै मेक्सिको पुर्यायो । यसरी झण्डै ६ महिनाको यात्रामा प्रहरीको आँखा छल्दै उनी अन्ततः ०८० असोजमा अमेरिका पुग्न सफल भए । यसबीच उनले झण्डै ६५ लाख खर्चिसकेका थिए ।

बिएल संवाददाता - काठमाडौं