बिएल संवाददाता
गर्मीले मान्छेलाई खाना कम रुचाउँछ। खाना मन नलग्ने अलास्या हुने गर्छ, तर छिनछिनमा के खाउँ हुन्छ। यस्तो समयमा फलफुल खानु स्वास्थ्यको लागि उपयुक्ता मानिन्छ।
धेरैको मनमा गर्मीमा पानी प्रशस्ता पिउने राम्रो मानिन्छ, तर धेरैलाई थाहा छैन कि पानी मात्र पिउनु पर्याप्त होइन। शरीरमा पानीको मात्रा बढाउनका लागि गर्मीमा फलफूलहरु खानु पर्छ जसमा पानीको मात्रमा बढी हुन्छ। त्यसैले यो गर्मीमा शरीरलाई स्वास्थ्य राख्न र गर्मीबाट शिताल हुन यस्ता फलफुलहरु खान सकिन्छ।
काक्रा– गर्मीयाममा काँक्रा खानु राम्रो हो। यसमा पानीको मात्रा धेरै हुन्छ जुन ९५ प्रतिशतको हाराहारीमा हुन्छ। काँक्रोमा पोटासियम प्रचुर मात्रामा हुन्छ, जसले गर्मीबाट बचाउँछ।
हरियो काक्राले मस्तिष्कको स्वास्थ्यलाई पनि राम्रो राख्छ। जोसाजाँगर पनि आउँछ। धेरैले मानिसले काक्रा रुचाउने पनि गर्छ।
खरबूज– खरबूज एकदमै स्वादिष्ट फल हो। जुन गर्माी मौसममा सबैले खान मन पराउँछ खरबुजामा ९२ प्रतिशत पानी पाइन्छ जसले गर्मीको प्रकोपसँग लड्न मद्दत गर्छ। साथै यसले एमिनो एसिडको उत्पादनलाई बढावा दिन्छ यसले शरिरको प्रतिरक्षा बढाउन सहयोग गर्छ।
स्याउ– दिनमा एउटा स्याउ खाँदा तपाईलाई डाक्टरकोमा जानु पर्दैन। स्याउमा ८६ प्रतिशत पानी हुने र हरेक मौसममा पाइन्छ। यसका साथै यो फलमा धेरै भिटामिन पाइन्छ। स्याउले मुटुको स्वास्थ्यमा सुधार गर्नमा सहयोग गर्छ।
स्ट्रबेरी– स्ट्रबेरीमा ९१ प्रतिशत पानी हुन्छ। यो स्वादिष्ट फल हो भिटामिन सी, फोलेट र म्यांगनीजले भरिएका हुन्छन् यी सबै पोषक तत्वहरूले मधुमेह, क्यान्सर र हृदयसँग सम्बन्धित धेरै प्रकारका रोगहरूसँग लड्न काम गर्छ।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया