
शिक्षकलाई मासिक रुपमा तलब दिइने
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।

बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरका रुपमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन र शिक्षा, स्वस्थ्य र खानेपानीलगायतका पूर्वाधारको विकास गरी उत्पादकत्व र रोजगारी सृजना गरिनेछ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
‘मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्ला अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश खानेपानी आपूर्ती गरिनेछ’, उनले भने।
बिएल संवाददाता - काठमाडाैंcr
सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष पूरा भएको छ। अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ।
बिएल संवाददाता - काठमाडौं
सरकारले आगामी आर्थिक वर्षमा समुन्द्रमा चल्ने पानी जहाजलाई नेपालमा दर्ता गर्न कानुन बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा यस्ताे जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘आगामी वर्ष कम्तीमा एक हजार घरेलु तथा लघु उद्यमीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइनेछ।’
बिएल संवाददाता - काठमाडाैं
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
‘बाँदर, बँदेल, दुम्सी, मृग लगायतका जीवजन्तुबाट बालीनाली जोगाउन स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने, ‘राजमार्ग र ठूला सडक छेउछाउ फलफूलका बोटबिरुवा लगाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ।’
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौं
‘चिस्यान कक्षसहितको बहुतले कृषि तथा थोक बजार सञ्चालन गरिनेछ’, राष्ट्रपति पौडेलले भने। युवा कृषक तथा उद्यमीहरूको साझेदारीमा वडास्तरमा नमुना कृषि फर्म स्थापना गरी सिकाइ केन्द्रका रुपमा पनि विकास गरिने सरकारको नीति तथा कार्यक्रममा छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा रहने बताएका हुन्। ‘देशभित्र ठुलो रोजगारी सृजना गर्न तीनै तह निजी क्षेत्र, सहकारी, समुदायको साझेदारीमा उत्पादन र रोजगारी साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, पौडेलले भने।
बिएल संवाददाता - काठमाडौं
बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए। राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ।
बिएल संवाददाता - काठमाडौं
लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर राई नेतृत्वकाे नयाँ दल जनता समाजवादी पार्टी (जसपा)को पक्षमा सनाखत गरेकी हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ।
बिएल संवाददाता - विराटनगर
मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो।
बिएल संवाददाता - काठमाडौं
छलफलमा सभामुखले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको भन्दै राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको बताए।
बिएल संवाददाता - काठमाडौं
आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन्। उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो।
बिएल संवाददाता - नयाँदिल्ली
सरकारले विसं २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको छ।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ।
बिएल संवाददाता - काठमाडौं
सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवनभित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो। सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .