आइतबार, ०७ सेप्टेम्बर २०२५

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ। ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका  छन्। मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई सरकारले अहिलेसम्म पर्यटन क्षेत्र घोषणा गरी पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको जनाउँदै व्यवसायीहरुले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारी पहल थालनीका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुग्लिन

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई गाउँमै पुुगेर जिल्ला प्रशासन कार्यालय दोलखाले सीमा पास उपलब्ध गराएको छ। केही हप्ताअघि मात्रै लप्चिका स्थानीय समाजसेवी फुुर्बाथार्के शेर्पाको एक टोलीले जिल्ला प्रशासन कार्यालयमा आई गोठालो जान सीमा पास माग गरेको थियो। सोही मागका आधारमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले लप्चिवासीलाई सीमा पासको प्रबन्ध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ। हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत गरिँदै आएको सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार हतुवाली राईले बताए। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दोस्रो संस्करणको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ। दुई घन्टाको प्रस्तुतिमा राष्ट्रिय विभूति अरनिको तिब्बत गएर कला प्रदर्शनी गरी नेपालको नाम उँचो बनाएको विषयमा कलाकारहरुले लोकनाटक प्रदर्शन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन्। आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउनुहुँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन्।   'कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन। करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महलेसहित आर्थिक ऐन आउँछ', अर्थमन्त्री पुनले भने, 'एउटा अर्थमन्त्रीको सनकले निजीको वर्षौँसम्म गरेको लगानी डुबाउन मिल्दैन। जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ। त्यसमा हाम्रो प्रतिबद्धता छ।' 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ठगी आरोपमा चार जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भई हाल काठमाडौँ आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका-९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा रामेछाप मन्थली नगरपालिका-९ स्थायी घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मोटरसाइकल दुर्घटनामा मृत्यु

चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

‘एमालेको एकल बहुमतबिना देश बन्दैन’

आज सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेसका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

मधेसमा एमाले पनि बाहिरियाे सरकारबाट

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पार्टी सरकारबाट बाहिरिएकाे हाे। एमालेबाट मधेसमा मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल नेपाल लेखक संघको नेतृत्वमा स्वप्निल स्मृति

अखिल नेपाल लेखक संघको नेतृत्व स्वप्निल स्मृतिले गर्ने भएका छन्। शनिबार काठमाडौँमा सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

आइतबार दिउँसो कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

पाठेघरमा संक्रमण किन हुन्छ ?

पेट दुख्ने, धेरै सेतो र बाक्लो पानी बग्ने, ज्वरो आउने र धेरै चिसो महसुस हुने जस्ता संक्रमणका लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी

‘विकसित मुलुकमा सहरी क्षेत्रभन्दा टाढा छुट्टै स्थानमा उद्योग निर्माण गरिएका छन्, हामी कहाँ पनि सुरक्षित ठाउँमा औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योग निर्माण गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले दिए राजीनामा

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशबाट बाहिरिएकाे छ। आइतबार दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएसँगै माओवादी मधेश सरकारबाट बाहिरिएका हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए। उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौँ। समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको अख्तियारले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै, आज ५० औँ स्थानमा

डढेलोविद् सुन्दर शर्माले डढेलो नियन्त्रण भएमा वायु प्रदूषण पनि कम हुने बताएका छन्। ‘अहिले वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएकाले वायु प्रदूषण न्यूनीकरण भएको छ,’ उनले भने। विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात हरियो सङ्केतले चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

बैठकमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरु सहभागी रहेका छन्। सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिल्म ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता

गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो। फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं