बिएल संवाददाता
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापानका लागि ओभरसिज राइट्स बिक्री भएको छ।
गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो। फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ।
लेखक तथा निर्देशक राजबहादुर सानेले जापानमा प्रदर्शन अधिकार बिक्री भएको र अन्य देशबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आएको बताएका छन्।
फिल्मको प्रदर्शन मिति भने केही दिनमा घोषणा गरिने उनको भनाई छ। फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ, जुन काठमाडौँमा खिच्ने तयारी गरिएको छ। माओवादी-सशस्त्र युद्धको समयको कथामा बनेको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निभाएका छन्।
तुलसी देवी फिल्मको प्रस्तुति रहेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला आदिको पनि अभिनय रहेको छ। बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायाँकन छ।
भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया