बिएल संवाददाता
सरकारले आगामी वर्षदेखि शिक्षकलाई मासिक रुपमा तलब दिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।
हालसम्म शिक्षकलाई ३–३ महिनामा तलब दिइने गरिएको छ।
यस्तै शिक्षक राजनीतिक दलमा लाग्न नहुने कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए।
त्यसैगरी आगामी ५ वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गरिने, विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा दिइने भएकाे छ।
एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा लिइने पनि पौडेलले बताए। यस्तै दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने सरकारले तयारी गरेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया