बिएल संवाददाता
आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ।
राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक बिशिम्बायेभलाई कारागार सजाय सुनाएको हो। उनले गत वर्ष आफ्नी श्रीमती साल्टानाट नुकेनोभाको हत्या गरेको आरोप लागेको थियो। ४४ वर्षीय बिशिम्बायेभलाई यातना र हत्या गरेको अभियोगमा दोषी पाइएको थियो।
हत्यापछि मुलुकमा महिलाहरूको सरक्षाका लागि कडा कानून बनाउन माग गर्दै अनलाइन आवेदन सुरु गरिएको थियो। यसले केही दिनमै दशौँ हजार हस्ताक्षर संकलन गरेको छ।
बिशिम्बायेले आफू निर्दोष भएको बताएका छन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा पहिला नै १० वर्षको कारागार सजाय सुनाइएको थियो तर एक वर्षपछि आममाफीपछि उनी रिहा भएका थिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया