बिएल संवाददाता
नेपाली कांग्रेसले संसद्काे अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको बताएकाे छ।
बालुवाटारमा आइतबार बिहान भएको छलफलमा संसदको अवरोध हटाउन प्रधानमन्त्री सकारात्मक देखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएकाे भन्दै उनले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्नाे राख्याैँ। यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ। शुक्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ।
लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए। कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया