आइतबार, ०७ सेप्टेम्बर २०२५

गृहसचिव अर्यालले गरे अध्यागमन कार्यालयको निरीक्षण

यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन: उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री यादवले भने, ‘म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाइयो, पार्टी फुटाएको विषयलाई लिएर हामी आइतबारसम्म सर्वोच्च अदालबाट कानुनीरुपमा चुनौती दिन्छौँ, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

रवि लामिछानेमाथि छानबिन समितिको माग गरेर कांग्रेसले छुद्र राजनीति गर्‍याे: ओली

उनले भने, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन। नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन। हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु

भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पुर्याइएका सूचनलाई चिकित्सकले ७ः४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन्। मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

९८ लाखसहित पक्राउ परेका दुईजना सुन तस्करीमा संलग्न, सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा

रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका मिलन यसअघि गत वर्ष असाेज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रको सहकार्य अनिवार्य: प्रधानमन्त्री दाहाल

पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्दै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि गर्ने आधार भेटियो, संसदीय छानबिन समिति बन्नुपर्छ: काँग्रेस

उनले भने, 'सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ। त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ। त्यस विषयमा स्वतन्त्र छानबिनको पुन: माग गरेका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन

हरेक निर्वाचनका समयकम र जिल्ला भ्रमणका बेला प्रायः राजनीतिक दलका नेताहरुले महाकाली सन्धिअनुसार महाकाली नदीबाट दोधारा चाँदनीलाई पानी उपलब्ध गराउने विषय उठान गर्दछन्। उक्त विषय ओझेलमा पर्दै हालसम्म पनि दोधारा चाँदनीलाई पानी दिने विषयले प्रवेशसम्म पाएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

दाेस्राे ‘रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियाेगिता’ सुरु

प्रतियाेगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालास्थित कभर्ड हलमा शुक्रबार बिहानबाट सुरु भएकाे हाे। प्रतियाेगिताकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस

मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौँ तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस  गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

नेसपाले आज र भाेलि केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम गर्दै

नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशकका विषयमा प्रशिक्षण दिने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय संसद् अधिवेशन सुरू (लाइभ)

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन सुरू भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदै छ। तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागमती

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्।  चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन्। गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन्। सङ्ख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गरे।  प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान पुर्याइरहेका नेपालीको कथा दर्शाउँछ। अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गरेको उक्त प्रदर्शनीलाई अष्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको हो। प्रदर्शनीमा निजी र अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा अष्ट्रेलियामा आर्जन गरेको सीप र ज्ञान नेपाल फर्केर सिपालु उद्यमी, सामाजिक कार्यकर्ता, ‘सेफ’ वा ‘डिजाइनर’का रूपमा स्वदेशमा नै सम्भावनाको खोजी गरेका वास्तविक कथा समेटिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित काठमाडौंमा २ जना पक्राउ परेका छन्। काठमाडौंको दरमार्ग क्षेत्रबाट उनीहरूलाई स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।  पक्राउ परेका व्यक्तिबारे अन्य विवरण प्रहरीले खुलाएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ