बिएल संवाददाता
दाेस्राे ‘रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियाेगिता’ काठमाडाैँमा सुरु भएकाे छ।
प्रतियाेगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालास्थित कभर्ड हलमा शुक्रबार बिहानबाट सुरु भएकाे हाे। प्रतियाेगिताकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे।
प्रतियाेगिताकाे उद्घाटन गर्दै सदस्य सचिव घिसिङले कुस्ती खेलकाे विकास र बिस्तारका लागि आफूले सक्दाे काेसिस गर्ने बताए।
त्यस्तै आयाेजक नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)ले कुस्ती खेलाडीहरुकाे ऊर्जा र सक्रियता देखेर उत्साहित भएकाे बताए।
प्रतियाेगितामा विभिन्न विभागीय टाेली र प्रदेशगत टाेलीहरु सहभागी छन्। उनीहरुबीच अहिले प्रतिस्पर्धा जारी छ। प्रतियाेगिता आजै सम्पन्न गर्ने कार्यतालिका रहेकाे छ।
नेपाल कुस्ती संघ आयाेजक रहेकाे प्रतियाेगितामा राखेप, अखिल नेपाल खेलकुद महासंघ, नेपाल ओलम्पिक कमिटी र युनाइटेड वल्ड रेस्लिङलगायतकाे साथ रहेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया