बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समितिले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने भएकाे छ।
समितिले आज शुक्रबार र भोलि शनिबार दुईदिन देवचुली नवलपुरमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।
नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशकका विषयमा प्रशिक्षण दिने छन्।
संगठन विभागले सांगठनिक विषयमा प्रशिक्षण दिनेछन् भने आर्थिक, उत्पादन तथा स्वरोजगार, नीति तथा योजना विभागबाट अर्थविद् तथा उद्यमीहरुले अर्थतन्त्र तथा उद्यमशीलताको विषयमा प्रशिक्षण दिनेछन्।
त्यसैगरी प्रचार प्रसार तथा सूचना प्रविधि (आईटी) बारे वरिष्ठ पत्रकार र आइटी विज्ञहरुले आजको समयमा अभियान सञ्चालनमा आइटी र मिडिया क्षेत्रको भुमिकाबारे प्रशिक्षण दिनेछन्। त्यस्तै जनपरिचालनबारे, कानुन, न्याय, स्थानीय तह र सरकारबारे विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिनेछन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया