बिएल संवाददाता
विश्व चर्चित किर्तिमिनी कामिरिता शेर्पाले २९ औ पटक सगरमाथा आरोहण गर्दै आफ्नो कीर्तिमानी कायम राखेका छन्।
सेभेन समिट ट्रेकका अनुसार आइतबार बिहान ७:२५ मा नेपाली माउन्टेन गाईड कामिरिता शेर्पाले सगरमाथाको २९औँ सफल आरोहण गरेका हुन्।
वरिष्ठ गाईड तथा विश्व चर्चित आरोहीले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण’ को उपाधि कायम राखेका छन्।
सोलुखुम्बुको थामे गाउँमा जन्मे हुर्केका कामिरिता शेर्पा सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत छन्।
कामिरिता शेर्पाले आफ्नो सम्पूर्ण जीवन पर्वतारोहणमा समर्पित गरेका छन् भने विश्वको अग्लो चुचुरोको पर्यायवाची बनेका छन्।
१७ जनवरी १९७० मा जन्मेका उनले सानैदेखि आरोहणको गहिरो जोश विकास गरेका र दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्।
उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहणमा एक सहयोगी सदस्यको रूपमा सुरु भयो। त्यसबेलादेखि कामिरिताले निर्भयताका साथ धेरै पटक सगरमाथा आरोहण गर्दै अन्य थुप्रै आरोहणहरू समेत गरेका छन्।
कामिरिताले केटु, चो ओयु, ल्होत्से र मनास्लुलगायतका अन्य अन्य ८ हजार मिटर भन्दा अग्ला चुचुरा चुचुराहरू पनि सफल आरोहण गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया