बिहिबार, १५ अक्टोबर २०२६

रास्वपा केन्द्रीय सदस्य विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

News Image
• • •

पूर्वसांसद् एवं रास्वपाकी केन्द्रीय सदस्य विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुने राष्ट्रिय खेलकुदको  मूल आयोजक समितिको सदस्यमा कठायतलाई मनोनयन गरेका हुन्।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ को परिच्छेद-२ को दफा ४ को उपदफा (१) को देहायको (ण) मा भएको व्यवस्था बमोजिम खेलकुदमन्त्री पोखरेलले कठायतलाई सदस्य मनोनीत गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत जानकारी दिएका छन्।

कठायत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। गत निर्वाचनमा जुम्लाबाट प्रत्यक्षमा उम्मेदवार बनेकी उनी राप्रपाका ज्ञानबहादुर शाहीसँग पराजित भएकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!