बिहिबार, १८ सेप्टेम्बर २०२५

भारतको महाराष्ट्रमा ‘सुखोई लडाकु विमान’ दुर्घटना

पश्चिम भारतको महाराष्ट्र राज्यमा मङ्गलबार एउटा सुखोई लडाकु विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। पाइलट र को–पाइलट दुवै सकुशल बाहिर निस्किएका छन्। तर उनीहरूलाई सामान्य चोट लागेको छ। महाराष्ट्रको राजधानी मुम्बईबाट एक सय ९४ किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको शिरसगाउँ गाउँमा उड्ने क्रममा विमान दुर्घटना भएको हो। “पाइलटहरूले एक प्राविधिक समस्या रिपोर्ट गरेका थिए। विस्तृत अनुसन्धानपछि मात्र सही कारण थाहा हुनेछ”, भारतको सरकारी स्वामित्वको एयरोस्पेस र रक्षा कम्पनी एचएएलले विज्ञप्तिमा भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

अफगानिस्तानका ३०० शरणार्थी परिवार स्वदेश फिर्ता

विगत दुई दिनमा पाकिस्तान र इरानबाट तीन सयभन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किएका छन्। दुई छिमेकी मुलुकमा वर्षौंदेखि शरणार्थीका रूपमा बसेका जम्मा तीन सय तीन परिवार केही दिनअघि स्वदेश फर्किएको राज्य नियन्त्रित सञ्चारमाध्यमले आफ्नो प्रतिवेदनमा फिर्ता हुनेको यकिन सङ्ख्या सार्वजनिक नगरी जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

नेपाल नेदरल्याण्ड्ससँग पराजित

मंगलबार राति डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्ड्सविरुद्ध नेपाल १०६ रनमा अलआउट

डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपाल १९.२ ओभरमा १ सय ६ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालले टस हार्‍याे, पहिलाे ब्याटिङ गर्ने

आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेकाे छ। डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राखेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक

राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

‘प्राप्त सुझावलाई समावेश गर्दै छुटेका महत्वपूर्ण विषय बजेटमा पनि सम्बोधन हुनेछन्’, उनले भने, ‘यो नीति कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजाने गरी नै हामीले प्रस्तुत गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

राजनीतिमा कंगना रनाैतकाे धम्केदार ‘इन्ट्री’, जितिन् लोकसभा चुनाव

लाेकसभा चुनावमा जितेपछि खुसी छिन् कंगना। सानाे सहरबाट उदाएकी उनकाे समाजका लागि प्रेरणाकाे स्राेत बनेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस सरकारबाट बाहिरियो एकीकृत सामाजवादी, दुई मन्त्रीले दिए राजीनामा

एकीकृत समाजवादीबाट मधेस सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलप्रतिको विश्वास कम हुँदै गयाे: मुख्यमन्त्री

‘पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ’, उनले भने, ‘प्रदेश सरकारप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन स्वाथ्यकर्मीले जागिरेका रुपमा नभइ सामाजिक सेवा भावले काम गर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

भारतीय कंग्रेसले भन्यो- मोदीको नैतिक र राजनीतिक हार भयो

लोकसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी)लाई टक्कर दिइरहेको इन्डिया गठबन्धनका नेता मल्लिकार्जुन खरगेले भारतीय जनताले बिजेपीलाई आफ्नो मतमार्फत गतिलो जवाफ दिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय चुनावी नतिजा आउँदै गर्दा रोइरहेका प्रदीप गुप्ता को हुन्?

चुनावी प्रक्षेपण कम्पनी ‘इन्डिया टुडे- एक्सिस माइ इन्डिया’का निर्देशक रहेका यादव अहिले हरेक टेलिभिजन च्यानलहरूमा ‘माफी’ माग्दै रोइरहेका छन्। भारतीय जनता पार्टी र उनको गठबन्धन एनडिएले यो चुनावमा ४ सय सिट नघाउने घोषणा यो एक्जिट कम्पनीले गरेको थियो। भाजपा पनि यही ‘चार सय पार’को नारा लिएर चुनावमी मैदानमा थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलमा क्रिकेट देखाउँदै बालेन (तस्बिरहरू)

काठमाडाैँ महानगरपालिकाले टुँडिखेलमा अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटकाे लाइभ देखाउने भएकाे छ। नेपाल र नेदरल्याण्डबीच मंगलबार साँझ हुने पहिलाे खेलकाे लाइभका लागि महानगरले टुँडिखेलमा स्टेज तयार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्छ: अर्थमन्त्री पुन

उनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष देखियाे’

उनले बजेटले कर छल्ने अवस्थाको अन्त्य गरी स्वस्पूर्त रुपमा कर तिर्ने वातावरण बनाउन नसकेको बताए। उनले भने, ‘सिद्धान्तबाहिरको कर लगाइयो भन्ने आरोप छ, आम्दानी र नाफा नहुने ठाउँमा कर लगाइयो भन्ने टिप्पणी छ, यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडकखण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

अर्थमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता, परियोजनाको काम समयमै सक्ने प्रतिबद्धता

‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ’, उनले भने। एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्री छोरी कार्यक्रम’मा धेरै आशा गर्न सक्ने अवस्था छैन: मन्त्री चौधरी (अन्तर्वार्ता)

मैले बजेट भाषणपछि प्रधानमन्त्रीलाई भेटेर यस विषयमा छलफल नै गरेको छु। प्रधानमन्त्री छोरी कार्यक्रम जति विशाल सन्देश दिएको छ, त्यति बजेट हेर्दा खुम्चिएको पाएँ। छोरी उत्थान नै गर्न भनेर बनाएको कार्यक्रममा सरकारले खुलेर लगानी गर्नुपर्छ। यसलाई नमूना कार्यक्रमका रुपमा सुरु गर्ने भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुरीले ढालेको रुखले लागेर थापाको मृत्यु

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले ढालेको रुख बज्रँदा थापाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी