
बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१/०८२को क्यालेन्डर मंगलबार सार्वजनिक गरेका छन्।
राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएको छ।
सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सारोकारवाला सबैलाई धन्यवाद दिए।
राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनै पनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउँदै कार्यान्वयन पक्षमा पनि जोड दिनुपर्ने आवश्यकता औल्याए।
सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसँगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउनु हुँदै क्रमैसँग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया