बिएल संवाददाता
पश्चिम भारतको महाराष्ट्र राज्यमा मङ्गलबार एउटा सुखोई लडाकु विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
पाइलट र को–पाइलट दुवै सकुशल बाहिर निस्किएका छन्। तर उनीहरूलाई सामान्य चोट लागेको छ।
महाराष्ट्रको राजधानी मुम्बईबाट एक सय ९४ किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको शिरसगाउँ गाउँमा उड्ने क्रममा विमान दुर्घटना भएको हो।
“पाइलटहरूले एक प्राविधिक समस्या रिपोर्ट गरेका थिए। विस्तृत अनुसन्धानपछि मात्र सही कारण थाहा हुनेछ”, भारतको सरकारी स्वामित्वको एयरोस्पेस र रक्षा कम्पनी एचएएलले विज्ञप्तिमा भनेको छ।
दुवै पाइलटलाई एचएएल अस्पतालमा सारिएको समाचारमा जनाइएको छ। अधिकारीहरूका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको र पछि निभाइएको थियो।
सुखोई लडाकु जेट रुसमा निर्मित दुई इन्जिन, दुई सिट भएको चौथो पुस्ताको लडाकू विमान हो। यो विमान एचएएलद्वारा इजाजतपत्र अन्तर्गत निर्माण गरिएको हो र भारतीय वायुसेनामा २० वर्षभन्दा बढी समयदेखि सञ्चालन भइरहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया