बिहिबार, १८ सेप्टेम्बर २०२५

‘२०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने कांग्रेस तयार छ’

सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबीच शिष्टाचार भेट

बिहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहीआएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई न्युरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द हाेस्: महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्युरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य अहिलेसम्मकै उच्च

बिहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीको शपथ ग्रहणमा नयाँदिल्ली जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षा अधिकारीले गरे चीनसँगको सीमा क्षेत्रको निरीक्षण

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

दक्षिणकालीको भीरमा महिला र पुरुषको शव भेटियो

काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ। गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

विश्वकप छनोट : नेपाल र युएई भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदै छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे खेल हुने छ। यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ। नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साझेदारीको बाटोमा मोदी सत्ता, १९९६ दोहोरिएला?

नयाँ सरकार बनाउने दाबी भाजपा नेतृत्वका मोदीको पोल्टामा छ। त्यसका लागि सन्तुलनको राजनीति गर्न गठबन्धनको दबाब निरन्तर मोदीमाथि रहनेछ। विपक्षी दलहरू पनि भाजपा नेतृत्वको गठबन्ध तोड्ने प्रयासमा रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ। यसको मौलिक स्वरुप कायम गरिएको छ। गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो। गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनः निर्माण चलिरहेको र अहिले पुनः निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ः३८ बजे भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

आज ज्येष्ठ कृष्णपक्षको आमावस्या। मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन्। वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

ओलीको चक्रव्यूहमा नेपालको राजनीति

पुराना हुन् वा नयाँ नेपालका सबै राजनीतिक दलका नेता सत्ताको लोभमा फसेर बालकोटको टाट्नामा पुगिसकेका छन्।अबको पालो भनेको केपी ओलीले पालैपालो छानी-छानी मार हान्ने मात्र हो। बढीमा मारमा को पहिला र को पछि पर्ने भन्ने मात्र हो ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजबाट बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मोसमः यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो। घामपानी र हावाहुरी नछेक्ने टहरो। हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका। निसीखोला गाउँपालिका(६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन्। विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन। ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ। तीनवटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन्। हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन। यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन्। पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

लेबनानमा अमेरिकी दूतावासबाहिर गोली चलेपछि बन्दुकधारी पक्राउ

बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ। दूतावास बाहिर गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन्। लेबनानी सेनाले गोली हानेर एक बन्दुकधारीलाई पक्रेको सेना र दूतावासका अधिकारीहरूले बताएका छन्। लेबनानमा तनाव जारी रहँदा उक्त आक्रमण भएको छ। हिजबुल्लाह लडाकूहरू र इजराइली सेनाबीच महिनौँको लडाइँले वर्षौंदेखिको राजनीतिक गतिरोध र आर्थिक समस्यापछि हजारौँ नागरिकलाई सीमामा विस्थापित गरेको छ। सैनिकहरूले आक्रमणकारीमाथि गोली चलाएको लेनबानी सेनाले बताएको छ। सेनाले उनी सिरियाली नागरिक रहेको मात्र बताएको छ। घाइते बन्दुकधारीलाई अस्पताल लगिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेरुत