बिएल संवाददाता
लोकसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी)लाई टक्कर दिइरहेको इन्डिया गठबन्धनका नेता मल्लिकार्जुन खरगेले भारतीय जनताले बिजेपीलाई आफ्नो मतमार्फत गतिलो जवाफ दिएको बताएका छन्।
भारतीय चुनाव आयोगले मत गणना गरिरहेका बेला पत्रकार सम्मेलन गर्दै भारतीय कंग्रेसका अध्यक्षसमेत रहेका खरगेले यो चुनावी परिणामलाई मोदीको ‘राजनीतिक तथा नैतिक पराजय’ भएको टिप्पणी गरेका छन्।
बिजेपीसँग चुनाव लड्नका लागि यसपालि कंग्रेसले करिब दुई दर्जन राजनीतिक दलहरू मिलाएर ‘इन्डिया’ गठबन्धन बनाएको थियो।
‘यो जनताले हामीलाई दिएको परिणाम हो र यसलाई हामीले स्वीकार गरेका छौँ। यसलाई हामी जनताको जित मानेका छौँ। यो चुनाव मोदी र जनताबीचको लडाइँ थियो। हामी त्यसका माध्यममात्रै बनेका हौँ’, खरगेले भनेका छन्, ‘भाजपा नेतृत्वको अंहकारको नजिता हो। संवैधानिक निकाय अनि राज्यका हरेक अंगहरूलाई बिजेपीले कब्जा गर्न खोजिरहेको थियो। मोदीलाई फेरि एकपटक मौका दियो भने उनले सिधै हमला गर्नेछन् भन्ने जनतालाई लागिसकेको थियो।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया