
बिएल संवाददाता
लोकसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी)लाई टक्कर दिइरहेको इन्डिया गठबन्धनका नेता मल्लिकार्जुन खरगेले भारतीय जनताले बिजेपीलाई आफ्नो मतमार्फत गतिलो जवाफ दिएको बताएका छन्।
भारतीय चुनाव आयोगले मत गणना गरिरहेका बेला पत्रकार सम्मेलन गर्दै भारतीय कंग्रेसका अध्यक्षसमेत रहेका खरगेले यो चुनावी परिणामलाई मोदीको ‘राजनीतिक तथा नैतिक पराजय’ भएको टिप्पणी गरेका छन्।
बिजेपीसँग चुनाव लड्नका लागि यसपालि कंग्रेसले करिब दुई दर्जन राजनीतिक दलहरू मिलाएर ‘इन्डिया’ गठबन्धन बनाएको थियो।
‘यो जनताले हामीलाई दिएको परिणाम हो र यसलाई हामीले स्वीकार गरेका छौँ। यसलाई हामी जनताको जित मानेका छौँ। यो चुनाव मोदी र जनताबीचको लडाइँ थियो। हामी त्यसका माध्यममात्रै बनेका हौँ’, खरगेले भनेका छन्, ‘भाजपा नेतृत्वको अंहकारको नजिता हो। संवैधानिक निकाय अनि राज्यका हरेक अंगहरूलाई बिजेपीले कब्जा गर्न खोजिरहेको थियो। मोदीलाई फेरि एकपटक मौका दियो भने उनले सिधै हमला गर्नेछन् भन्ने जनतालाई लागिसकेको थियो।’
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया