बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताएका छन्।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा मंगलबार आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गरे।
‘पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ’, उनले भने, ‘प्रदेश सरकारप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन स्वाथ्यकर्मीले जागिरेका रुपमा नभइ सामाजिक सेवा भावले काम गर्न आवश्यक छ।’
गण्डकी प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नेपाली नागरिक वञ्चित हुन नहुने बताए। ज्येष्ठ नागरिक, वालबालिका र सुत्केरीलाई सहुलियत दिने गरी उपचार गर्ने योजना ल्याउन लागिएको उनको भनाइ थियो।
सङ्घीय सरकारले न्यून बजेट दिएका कारण प्रदेश सरकारले जनताको काम गर्न नसकेको मुख्यमन्त्री पाण्डेले बताए। प्रदेशभित्र विपन्नको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसक्ने भएकाले सहलगानीकर्ताको खोजी गर्दै उनीहरुलाई सेवा दिनुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य बिमा प्रभावकारी बनाउन सके स्वास्थ्य क्षेत्रका समस्या समाधान हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया