बुधबार, १७ सेप्टेम्बर २०२५

रास्वपा महामन्त्री ढकालको प्रतिवेदनः पार्टी विवेकशील साझाको बाटोमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन्। इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, दक्षिण अफ्रिकाले फाइनलमा पुग्न ५७ रनकाे लक्ष्य पायाे

जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक आज बस्दैछ। आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठानिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए। बैठकले पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसइईको नतिजा आज आउदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। यस अघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्वजनिक गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोर्चुगल जर्जियासँग स्तब्ध

पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ। गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ। सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो। रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए। उनले भने, 'सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो। त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो।'

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण

नेपाल चलचित्र कलाकार संघले नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गरेको विज्ञप्तिमा हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टी- २० विश्वकप: फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अफगानस्तान प्रतिस्पर्धा गर्दै

आइसिसी टी- २० विश्वकपकाे फाइनल प्रवेशका लागि बिहीबार (भाेलि) बिहान अफगानस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। यी दुई टाेलीबीचकाे पहिलाे सेमिफाइनल खेल नेपाली समयअनसार बिहान ६ : १५ बजेबाट सुरु हुनेछ। यी दुवै टाेली टी- २० विश्वकपमा पहिलाेपटक फाइनल पुग्ने तयारीमा छन्। दक्षिण अफ्रिका सुपर-एटमा समूह- २काे विजेता बनेर सेमिफाइनलमा पुगेकाे हाे। उसले सुपर-एटमा इङ्ल्याण्ड, आयाेजक वेस्ट इन्डिज र सह-आयाेजक अमेरिकालाई पराजित गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजरायल जानेहरुकाे पासपाेर्टकाे म्याद १४ महिनाकाे भए पुग्छ- विभाग

इजरायल जाने कामदारहरुकाे लागि पासपाेर्टका सन्दर्भमा उत्पन्न द्विविधाबारे वैदेशिक राेजगार विभागले स्पष्ट पारेकाे छ। यसअघि प्रकाशित कामदार मागकाे आवेदन आव्हानमा ‘पासपाेर्टकाे म्याद कम्तिमा तीन वर्ष हुनुपर्ने’ उल्लेख गरिएकाे थियाे। त्यसयता यस सन्दर्भमा द्विविधा उत्पन्न भएपछि विभागले बुधबार विज्ञप्ति जारी गरेर यसबारे प्रस्ट्याएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

जिल्लाका किसानले यस वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको हो। यसैगरी, ८ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ। बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए। 'हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सञ्चार माध्यममा दलित समुदायको सहभागिता कम भएको गुनासो

आमसञ्चार माध्यममा दलित समुदायको भौतिक सहभागिता कम भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। जसले जसरी दलित समुदायको विषयले आमसञ्चार माध्यममा प्राथामिकता पाउनुपर्ने हो त्यसरी पाउन नसकेको उनीहरूको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कपाल झरेर दिक्क हुनुहुन्छ ? खानुस् यी खानेकुरा

अन्डामा धेरै  मात्रामा बायोटिन पाइन्छ। यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ। कपाललाई चम्किलो पनि बनाउँछ। मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो। यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छायाँनाथ राराले ल्यायो ६० करोड २६ लाख बजेट

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड ६९ लाख थियो। नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँटमा ११ करोड २३ लाख  हजार, संघीय सशर्त अनुदान चालुतर्फ २७ करोड ६० लाख ९३ हजार रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

फेसियल किन गर्ने, यस्ता छन् फाइदा

पछिल्लो समय धेरैजसोमा महिलाहरुमा चायाँपोतोको समस्या छ। छालाको प्रकार तथा उमेरअनुसार फेसियलको छनोट गर्नुपर्छ। चिल्लो छाला भएकाहरूमा डन्डिफोर, एक्नेजस्ता समस्या देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको छ’

‘नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम थियो,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौँको नियम कानुनले मात्रै चल्न सक्दैन। किनकि यहाँ बहुआयामिक सम्बन्ध छ। खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - वीरगन्ज