
रास्वपाबाट राजदूत बन्न १०० जनाको आवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजदूत बन्नका लागि १०० जनाले आवेदन दिएका छन्। असार १० गते रास्वपाले राजदूतका लागि आवेदन माग गरेको थियो।

बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजदूत बन्नका लागि १०० जनाले आवेदन दिएका छन्। असार १० गते रास्वपाले राजदूतका लागि आवेदन माग गरेको थियो।
बिएल संवाददाता - काठमाडौँ
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
‘महामन्त्रीजी ठूलो भ्रममा हुनुहुन्छ! उहाँ गुटबन्दीमा रमाउने स्वभावको मान्छे हो। उहाँ देशभर डुलेर काठमाडौँ फर्किनुभयो, त्यो त ठिकै थियो। तर त्यो समीक्षा यात्रा नभइ, कुण्ठा यात्रा हो। उहाँले प्रतिवेदनको नाममा एउटा चिठ्ठी लेखेको सुनिरहेका छौँ। तर त्यो उहाँको भावुक सन्देश होइन, रुन्चे सन्देश हो,’ ती केन्द्रीय सदस्यले भने।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार मात्रै सार्वजनिक गर्ने भएकाे छ। बोर्डका अनुसार सम्पूर्ण पूरा भइसकेकाे र भोलि बिहान ९ बजेभित्र नतिजा सार्वजनिक गरिने छ।
बिएल संवाददाता - काठमाडौं
मोर्चाले रौतहटको गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिइरहेको छ। मोर्चाका अध्यक्ष एवं जनता आवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ।
बिएल संवाददाता - रौतहट
खाद्य तथा उपभोग्य सामग्रीहरूको गुणस्तर तथा मापदण्डको बारेमा नेपाली कांग्रेसले आम नागरिकको हितलाई ध्यानमा राखेर वस्तुको गुणस्तर र मापदण्ड, उपभोक्ता ऐन, नीति, नियम तय गर्न स्पष्ट दृष्टिकोण पनि आवश्यक रहेको बताउँदै संसद्मा गैर सरकारी विधेयक दर्ता गराउनु पर्नेमा पनि जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार भएकाे भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ।
बिएल संवाददाता - चितवन
बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए। प्रहरी र स्थानीयबासीकाे सहयाेगमा बुधबार दिउँसाे ४ जनाकै शव निकालिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
चीनको मुन मिशन चन्द्रमाको सतहबाट माटो लिएर पृथ्वीमा पुगेको छ। योसँगै चन्द्रमाको अँध्यारो पक्षबाट नमूना ल्याउन सफल भएको पहिलो देश बनेको छ। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर क्याप्सुलमा नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्। वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ।
बिएल संवाददाता - माेरङ
मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाई दिँदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
बिएल संवाददाता - कैलाली
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टा–छुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।
बिएल संवाददाता - पोखरा
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो। गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए। यसको लागत रु सात करोड ७२ लाख रहेको छ।
बिएल संवाददाता - म्याग्दी
भारतीय रेललाई आफ्नो भूमिमा ट्रान्जिट सुविधा दिने एउटा सम्झौतामाथि बंगलादेशका विपक्षी तथा कैयन उच्च पदस्थहरूले आलोचना गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले ‘देशकै हितका लागि’ यो सम्झौता गरेको सफाइ दिएकी छिन्। उनले आफूले छिमेकी देशसँगको सम्बन्ध सुधार तथा आफ्नो देश र जनताका लागि पनि फाइदा हुने हिसाबले नै त्यो सम्झौता भएको पनि दाबी गरेकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए। यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्।
बिएल संवाददाता - सुन्दरहरैँचा
लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - लमजुङ
१ .
२ .
३ .
४ .
५ .