बिएल संवाददाता
नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन्।
उनलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो। सोवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया