
पूर्वराजा शाह स्वदेश फिर्ता
थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन्। उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत् साँझ साढे ७ बजे काठमाडौँ आइपुगेका हुन्। शाहसहित पूर्वरानी कोमल,पूर्वयुवराज्ञी हिमानी र नातिनी पूर्णिका र नाति ह्रदयेन्द्र शाह पनि काठमाडौँ फर्किएका छन्।

बिएल संवाददाता - काठमाडाैं