बुधबार, १७ सेप्टेम्बर २०२५

हुलाकबाट छिरे, करोडौँका ‘काण्ड’हरूसँगै मुख्यसचिव भए

नेपालको निजामती कर्मचारी इतिहासमा बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलोपटक हो। इतिहासको यो कालो पानामा आफ्ना नाम नपरोस् भनेर अर्यालले मुद्दा दर्ता हुनुअघि नै प्रधानमन्त्रीसँग परामर्श गरेका थिए। तर प्रधानमन्त्रीले ‘विवेक प्रयोग गर्नू’ भनेर फर्काइदिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अंकले घट्याे नेप्से

आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फणिन्द्र देवकोटाकाे रिट ‘हेर्दाहेर्दै’ मा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेकाे रिट आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अभियोग लागेका बैकुण्ठ अर्याल स्वतः निलम्बित, काे बन्लान् मुख्यसचिव?

भ्रष्टाचार अभियोग लागेका मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अभियाेगमा मुख्यसचिव अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार गरेकाे अभियोगमा मुद्दा दायर गरेकाे छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरण र अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशील प्याकुरेलद्वारा दक्षिण कोरियाकाे राजदूत बन्न अस्वीकार

उनले राजदूत पदमा सिफरिश गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत नदिइएकाे गुनासाे गरेका छन्। उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेकाे उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारकाे आरोप लागेपछि राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन्। टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेकाे अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुरे संरक्षणमा सरकार जिम्मेवार भएन: सांसद पौडेल

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराउन अन्तिम तयारी थालेको स्रोतको दाबी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ रणनीतिका साथ मुख्यसचिव अर्यालसहित नेपाली कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र मोहन बस्नेत समेतलाई सोही विषयमा मुद्दा दायर गर्ने बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न

बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन्। ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घण्टाघरको घडी मर्मत नगरे गणतन्त्र र संघीयतालाई जिस्काइरहन्छ: सांसद शा

सांसद शाहले यो घण्टाघर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्नुपर्ने बताए। यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहने उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई विश्वप्रकाशकाे प्रश्न- लोकेसन पत्ता लाग्याे भनेर जीबी राईलाई भगाउन खाेजेकाे हाे?

‘गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार छ र अर्का गृहमन्त्री हुनुहुन्छ। सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ उनले भने त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रिने नयाँ शैली हो? केटाकेटीपन हाे या भगाउने नियत हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जसले जैविक विविधता बचाएको छ, उसलाई दिनदहाडै गोली हानेर हत्या गरियो’

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागी एक जनाको मृत्यु भएको घटना संसदमा प्रवेश गरेको छ। जेठ ७ गते पर्सा राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको सेनाको टोलीले हानेको गोली लागेर हेटौँडा उपमहानगर वडा नं १४ का  ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ: प्रधानमन्त्री

संविधानले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हकसहितको विभिन्न अधिकारहरू प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानतः सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फणिन्द्र देवकोटाको रिट न्यायाधीश राउतको इजलासमा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। देवकोटाकाे रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालले फिर्ता लियाे लुम्बिनी सरकारलाई दिएकाे समर्थन, प्रतिपक्षको भूमिकामा बस्ने

जसपा संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठककाे निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदका कर्मचारीहरूको माग सम्बोधन गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हाे। समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्ट्रेलियामाथि अफगानस्तानको रोमाञ्चक जितः अस्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन मोडमा

आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानस्तानले रोमाञ्चक जित हासिल गरेको छ। आइतबार बिहान अफगानिस्तानले अस्ट्रेलियामाथि २१को जित हासिल गरेको हो। अफगानस्तानले लिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे बालुवाटारमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ