
मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला
पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन्। पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

बिएल संवाददाता - चितवन
पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन्। पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
बिएल संवाददाता - चितवन
जिन्दगीमा माया हुन्न सधैं भरी एकदिन आफ्नै छाँया हुन्न सधैं भरी एकचाेटी पालाे आउँछ सबैकाे दैब पनि बाँया हुन्न सधैं भरी
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
साँझको कफीले निद्रामा समस्या निम्त्याउँन सक्छ। बेलुकीपछि कफी पिउनुभयो भने यसमा पाइने क्याफिनको मात्राले मस्तिष्कलाई उत्तेजित गर्छ।
बिएल संवाददाता - काठमाडौं
सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन्। एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। उच्च जोखिममा परेका ती परिवारहरुलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए। बाढीपहिरोले मानवीय क्षति भने भएको छैन।
बिएल संवाददाता - सङ्खुवासभा
सरकारले विद्युत नियमन आयोगकोे अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
मन्त्रिपरिषद् बैठकले ८ देशका लागि राजदूत सिफारिसको निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक ८ देशका लागि राजदूत सिफारिस गरेको हो। सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ। रेग्मी यसअघि बेलायतका लागि सिफारिस भएका थिए
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन्। त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ। सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्याएको छ। यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो।
बिएल संवाददाता - गाजा
प्रधानमन्त्रीले भने, ‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्।’
बिएल संवाददाता - काठमाडौं
अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ। शुक्रबार नै स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेकाे रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हाे। अर्को पेशी असार १६ गतेका लागि तोकिएको छ।
बिएल संवाददाता - काठमाडौं
ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन जानु भएका प्रमुख शाहले आज(शुक्रबार) भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा यस्तो धारणा राखेका हुन्।
बिएल संवाददाता - काठमाडौं
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो।
बिएल संवाददाता - काठमाडौं
वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो।
बिएल संवाददाता - काठमाडौं
टोलीमा सहभागी एक सदस्यका अनुसार अबको तीन/चार दिनभित्र रिमाल नेतृत्वको यो टोली बेइजिङ्ग प्रस्थान गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा गत वर्ष महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए। यसपटक भने उपमहासचिवको नेतृत्वमा जान लागेको हो।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशमन्त्री परिषद् तथा मन्त्रीस्तरीय निर्णयबाट उनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
एसिया सहयोग संवाद (एसिया को-अपरेसन डायलग) को विदेशमन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ। शुक्रबार बसेको समितिकाे बैठकले १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको सभापति पशुपति शमशेर राणाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन्। अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .