बिएल संवाददाता
चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो।
त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो।
आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो।
विदेशी मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन्। ११ महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ।
त्यस्तै यस अवधिमा ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ। त्यस्तै ५१ अर्ब ७ करोड २६ लाख बराबरको एलपीजी ग्याँस आयात भएको विभागले जनाएको छ।
त्यस्तै मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची, फलाम तथा स्टिल रहेका छन्। चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ भने ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। त्यस्तै ६ अर्ब १६ करोड ६० लाख बराबरको स्टिल निर्यात भएको विभागले जनाएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया