
बिएल संवाददाता
अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ।
शुक्रबार नै स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ।
‘दान्भी’मा अभिनेत्री पुजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएका कारण उनका फ्यानहरुमा फिल्मप्रति खास कौतुहलता रहेको छ।
ट्रेलरमा पुजाको एक्सनको प्रशंसा भएको थियो। फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ।
रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पुजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ।
‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ। फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन्। कार्यकारी निर्मातामा भने पवन राना मगर छन्।
त्यस्तै ‘आचार्य’ भने स्वर्गीय गायक भक्तराज आचार्यलाई विशेष ‘ट्रिब्यूट’ दिनका लागि १३ वर्षपछि पुनः रिलिज गरिएको छ।
प्रशान्त रसाइलीको निर्देशन तथा रोशन राईको निर्माण रहेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया