बिएल संवाददाता
बिहान कफी पिउनु धेरैलाई मनपर्छ। जाडो मौसममा मान्छेहरु कफीको लभर नै हुन्छ। अहिले गर्मीमा खासै वस्तै हुँदैन, तर लत बसेको मान्छेले गर्मी होस या जाडो पिएकै हुन्छ।
चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ। विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएको र फुर्तिलो भएको महशुष समेत हुन्छ। कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ। कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका नै छैन तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन सक्छ।
यसो गरेमा स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुन सक्छ। यसले पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्न सक्छ। कफीमा क्याफिन भएकाले जसले एसिडिटी बढाउँछ। साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँछ, जसलाई तनाव हार्मोन भन्ने गरिन्छ। यो हर्मोनले चिन्ता, तनाव जस्ता मानसिक अवस्था निम्त्याउँछ।
खाली पेटमा कफी सेवन गर्दा अनेकौ समस्या देखिन सक्ने बताइन्छ।
कफी पिउने सही समय कहिले हो त ?
पोषणविद्का अनुसार बिहानको खाजापछि कफी पिउनु स्वास्थ्यका लागि हानिकारक हुँदैन र आवश्यक सबै फाइदाहरू प्रदान गर्छ।
साँझमा पिउनु कत्तिको ठिक ?
साँझको कफीले निद्रामा समस्या निम्त्याउँन सक्छ। बेलुकीपछि कफी पिउनुभयो भने यसमा पाइने क्याफिनको मात्राले मस्तिष्कलाई उत्तेजित गर्छ।
जसका कारण निद्रा भाग्छ। साँझपख कफी पिउने हो भने अनिद्राको समस्या हुन थाल्छ। (एजेन्सीकाे सहयाेगमा)
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया