बुधबार, १७ सेप्टेम्बर २०२५

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीमा परी एक जनाको मृत्यु, छ घाइते

भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन्। घाइतेको उद्धार पनि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काँक्रेविहार

बंगलादेशमाथि भारत ५० रनले विजयी

भारतले जारी टी- २० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो। भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो। यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हजारौं हजयात्री मृत्युको कारण ‘प्रचण्ड गर्मी’, नेपालीको अवस्था के छ?

हजारौं हजयात्री मृत्युको कारण ‘प्रचण्ड गर्मी’, नेपालीको अवस्था के छ? हज यात्राका लागि (मक्का मदिना) साउदी अबर पुगेका सयौं हज यात्रीहरूको मृत्यु भएपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसप्रति चासो देखाएको छ। समाचार एजेन्सीहरूका अनुसार साउदीको तापक्रम ५१ डिग्री वरिपरि छ। यो तापमानको सामना गर्न नसकेर दिनहुँजसो हजयात्रीको मृत्यु भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको पाइएपछि प्रहरीले थप निगरानी बढाएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको हो। अनुसन्धानका क्रममा स्पा सेन्टर सञ्चालकहरु गोरखा सिरानचोक घर भई हाल काठमाडौँको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटा ३३ वर्षकी मखमली माया स्याङ्तान उक्त कार्यमा संलग्न रहेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अनुसन्धान थालिएको र अन्य क्षेत्रमा खोजी तथा निगरानी जारी रहेको ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिमा बढेको आपराधीकरणले समस्या : डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै गएको धारणा व्यक्त गरेका छन्। नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वयम्भूका आँखा रामशाहपथतिर

अहिलेको अवस्था नेपालको कलिलो लोकतन्त्रका लागि खासै शुभ देखिएको छैन। व्यवस्थाका तीन अंगमध्ये व्यवस्थापिका त्रिशंकु छ, त्यसैको आधारमा बनेको कार्यपालिका पंगु छ। तेस्रो अंग न्यायपालिका पनि उही ड्याङको मुला छ। तैपनि, पहिला दुईवटालाई ठीक ट्रयाकमा ल्याउला कि भनेर सबैका आँखा सर्वोच्च अदालततिरै तानिएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपाल

कोशी प्रदेश फुलबल प्रतियोगिताको उपाधि मोरङलाई

कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ। तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध २ गोल गर्दै मोरङ विजेता बनेको हो। मोरङले नगद रु तीन लाख ३३ हजार ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुङ्गाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

जब सभामुखसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे...

'सम्माननीय सभामुखज्यू, संसद्‍मा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन?, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?', आज यस्तै प्रश्नबाट घेरिए प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी यहाँका विद्यार्थीहरूले एकै स्वरमा उनलाई फेरि प्रश्न गरे, 'कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् ?'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसद्‍मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन्। उनले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता

महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

सिकारी र सेनाबीच दोहोरो झडप हुँदा एक सिकारीको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ। आज बिहान करिब ८:१५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो। झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित आय-व्यय सहितको बजेट सर्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगन्ज

रामेछाप काँग्रेस झडप प्रकरण: ३ जना पक्राउ, कहाँ पुग्यो अनुसन्धान?

रामेछाप काँग्रेसभित्र एक महिनाअघि भएको झडप प्रकरणमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीर बहादुर तामाङ, जित बहादुरमगर र चन्द्र थापा मगर रहेका छन्। उनीहरू सबै काँग्रेसका नेताहरू हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘पानी नपाएर छट्पटिँदैछन्’ गाजाका नानीबाबुहरू

दक्षिण गाजाको खान यूनिसमा रहेको अस्पतालको शय्यामा अर्धचेतन अवस्थामा रहेका ९ वर्षका युनिश जुमाको शरीरको बनोट हेर्न कठिन भएको बीबीसीले जनाएकाे छ। युनिश का हात र खुट्टा सलाईका काँटीजस्ता बनेका छन् भने घुँडाको जोर्नी सुन्निएको जस्तो देखिन्छ। उनको छाती करङसँग टिमिक्क टाँसिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा