बिएल संवाददाता
कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ।
तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध २ गोल गर्दै मोरङ विजेता बनेको हो।
मोरङले नगद रु तीन लाख ३३ हजार ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुङ्गाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
म्याङलुङ खेलमैदानमा असार ३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लाको सहभागिता रहेको थियो। प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो।
बोर्डले रु २० लाख र खेलाडीका लागि आवास, खाजाका लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया