बिएल संवाददाता
भारतले जारी टी- २० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ।
गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो।
भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो। यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो।
यो जितपछि समुह एक मा भारतको २ खेलमा ४ अंक पुगेको छ र भारत सेमिफाइनल नजिक पुगेको छ। त्यस्तै बंगलादेश भने सुपर आठमा लगातार दोस्रो हारपछि सेमिफाइनलको सम्भावना कठिन भएको छ।
अब भारतले सुपर आठको अन्तिम खेलमा सोमबार राती अस्ट्रेलियाको सामना गर्ने छ भने बंगलादेशले मंगलबार बिहान अफगानिस्तानको सामना गर्ने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया