बिएल संवाददाता
दक्षिण गाजाको खान यूनिसमा रहेको अस्पतालको शय्यामा अर्धचेतन अवस्थामा रहेका ९ वर्षका युनिश जुमाको शरीरको बनोट हेर्न कठिन भएको बीबीसीले जनाएकाे छ।
युनिश का हात र खुट्टा सलाईका काँटीजस्ता बनेका छन् भने घुँडाको जोर्नी सुन्निएको जस्तो देखिन्छ। उनको छाती करङसँग टिमिक्क टाँसिएको छ।
‘मेरो छोराको स्वास्थ्य अवस्था पहिले निक्कै राम्रो थियो, ऊ सामान्य थियो,’ उनकी आमा गनीमा जुमाले भनिन्, ‘तर जब उसमा कुपोषण र शरीरमा पानीको अभाव देखिन थाल्यो, ऊ तपाईँले अहिले देखेको जस्तै बन्न पुग्यो।’
गनीमाका अनुसार त्यहाँ बोतलमा भरिएको पानी पाइँदैन र बालबालिका पानीकै लागि टाढा टाढासम्म यात्रा गर्छन्।
‘उनीहरूले ल्याएको पानी हामीसम्म आइपुग्दा फोहोर हुन्छ,’ उनले भनिन्।
०००
नासेर अस्पतालको कोरिडोरमा पाँच वर्षकी ताला इब्राहिम मुहम्मद अल जलात पल्टीरहेकी छन्। उनी ब्युँझिएकै भएपनि चलमलाइरहेकी छैनन्। उनको आँखा भित्रतिर पसेको छ। ताला पनि पानीको अभाव र कुपोषणबाट ग्रसित छिन्।
उनको छेउमा उभिएका उनका पिता इब्राहिम मुहाम्मद अल–जलातले छोरीको हात समाइरहेका छन्। उनी स्लाइन लिइरहेकी छोरीलाई कुनै किसिमको व्यवधान नहोस् भन्नेमा सतर्क छन्।
उनले झन्डै ४० डिग्री नजिकको तातो मौसम र सफा पानीको अभावले आफ्नी छोरीलाई मृत्युको मुखमा पुर्याएको बताए।
उनले भने ‘अवस्था अझ खराब भइरहेको छ। हाम्रो पालभित्रको तापक्रमको अवस्था कल्पना पनि गर्न सकिँदैन र हामीले पिइरहेको पानी साँच्चै प्रदूषित छ, त्यही भएर कम र बढी दुवै उमेरका बिरामी भइरहेका छन्।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया