बिएल संवाददाता
पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागी एक जनाको मृत्यु भएको घटना संसदमा प्रवेश गरेको छ। जेठ ७ गते पर्सा राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको सेनाको टोलीले हानेको गोली लागेर हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको थियो।
उक्त घटनालाई अहिले संसदमा पुगेको छ। संसदमा नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले दिनदहाडै गोली हानेर नागरिकको हत्या गरिएको भन्दै गोली हान्ने, हान्न आदेश दिनेलाई कार्वाही गर्न माग गरे।
‘सामान्य मानवीयता नराखेर सुरक्षाकर्मीले नागरिकको हत्या गर्यो। लोकतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिने जे परिस्थित विकास भयो यो गलत भयो’, उनले संसदमा विशेष समयमा भने, ‘यस घटनामा संसदको ध्यानाकर्षण गराउन चाहन्छु कि अब आरक्षणका कर्चारी, सुरक्षा निकायका कर्मचारीमाथि छानबिन गरेर दोषिलाई कार्वाही गरियोस्।’
बर्तौलाले गोली लागेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती दिन पनि माग गरे।
यद्यपि सेनाले भने निकुञ्जमा गस्तीमा रहेको समयमा दोहोरो झडपमा भएको बताएको छ। पर्सा निकुञ्जमा सुकबहादुरसहित ५ जना सिकार खेल्न गएको बताइएको छ।
यो पनि– सिकारी र सेनाबीच दोहोरो झडप हुँदा एक सिकारीको मृत्यु
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया