बिएल संवाददाता
सरकारले सङ्घीय संसदका कर्मचारीहरूको माग सम्बोधनका लागि सहजीकरण गर्न समिति गठन गरेको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हाे।
समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेका छन्।
उक्त समितिले कर्मचारीहरूको मागको विषयमा छलफल गरी सरकारलाई सुझाव दिनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको आइतबार बिहान साढे सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी बाेलाएर छलफल गरेका थिए।
संसद सचिवालयका कर्मचारीहरुले विभिन्न माग राखेर केही दिनदेखि आन्दोलन गरिरहेका छन्। उनीहरुको आन्दोलनका कारण संसदकाे बैठक समेत प्रभावित भएको थियो।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया