बिएल संवाददाता
अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत आइसिसी टी- २० विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।
साेमबार राति २०६ रनकाे लक्ष्य पछ्याएकाे अस्ट्रेलियालाई निर्धारित २० ओभरमा १८१ रनमा सीमित गर्दै भारत विजयी भएकाे हाे।
भारतले दिएकाे उक्त लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाका ट्रेबिस हेडले ७६ रनकाे अर्धशकीय इनिङ खेले पनि त्याे जितका लागि पर्याप्त भएन।
त्यस्तै कप्तान मिचेल मार्शले ३७ तथा ग्लेन म्याक्सवेलले २० रन जाेडेका थिए।
अस्ट्रेलियालाई हराउन अशर्दीप सिंहले ४ र कूलदीप यादवले ३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभमा ५ विकेट गुमाउँदै २०५ रन बनाएकाे थियाे।
उक्त याेगफल तयार पार्न कप्तान राेहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८ र हार्दिक पाण्ड्याले २७ रन जाेडेका थिए।
अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टाेनिसले २-२ विकेट लिएका थिए।
याे हारपछि अस्ट्रेलियाकाे सेमिफाइनल यात्रा कमजाेर बनेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया