बिएल संवाददाता
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ७ अर्ब ४६ करोड रुपैयाँकाे बजेट ल्याएकाे छ।
चालु वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो।
त्यसमध्ये चालुतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन्।
साेमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उनले बताइन्।
महानगरले विश्व सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरूको सम्पत्ति कर मिनाहा गर्ने र विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने भएको छ।
त्यसैगरी यस वर्ष नगरवासीको चाहना अनुसार र नक्सा प्रशासनलाई व्यवस्थित गर्न भवन अभिलेखीकरणको कार्य गरिने, भवन अभिलेखीकरण लगायत राजस्वका नयाँ र थप स्रोतहरूबाट १ अर्बभन्दा बढी आन्तरिक राजश्व थप हुने गरी बजेट प्रस्ताव गरिएको छ।




बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया