बुधबार, १७ सेप्टेम्बर २०२५

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका खोला-नदीको ‘प्राण’ खोजिरहेका बालेन

नदी, खोला सफा राख्नका लागि कामहरू नभएका होइनन्। पटक–पटक भयो। अहिले पनि भइरहेको छ। तर नदी, खोलाको फोहोर कम हुन सकेको छैन। भनौँ– नदीको कलकल स्वरुप फर्किन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साेनाक्षीकाे विवाहमा उदास देखिए शत्रुघ्न सिन्हा

विवाहपछि उनीहरूको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे थियाे।  अहिले फेरि उनीहरूकाे अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई सोनाक्षी र जहीरले दर्शकहरूकाे लागि सेयर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाउजुको हत्या गरेको अभियोगमा यादव पक्राउ

५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

अध्यक्षमा घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन: झलनाथ खनाल

उनले अध्यक्षमा आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरे। नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो। यससँगै एकीकृत समाजवादीमा वरिष्ठसहित ७ जना उपाध्यक्ष हुनेछन्। यसैगरी बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईई नतिजामा बागमती उत्कृष्ट, सुदूरपश्चिम कमजाेर

नयाँ लेट ग्रेडिङ प्रणालीअन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुत्तीर्ण (ननग्रेडिङ) भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहे गराइदिने बहानामा चीन लगेर बिक्री, एक महिला पक्राउ

राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेंगु नियन्त्रणमा जुट्याे काठमाडौँ महानगर

रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्। उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ। यसकारण पानी जम्न दिनु हुँदैन। यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्। अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चित्रबहादुर केसीकाे माग- एमसीसी र बीआरआईबीचकाे अन्तर नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ

‘नेपालकाे सन्दर्भमा यदि बीआरआईलाई ऋण चर्कै हाे भने यतिबेला एमसीसीलाई बलियाे बनाउँदै लैजाने, एमसीसी भनेकाे नेपाललाई इन्डाेप्यासिफिक रणनीतिभित्र सामेल गरेकाे हाेइन? अमेरिकाले चीनसँगकाे प्रतिस्पर्धालाई नेपाललाई उपयाेग गर्नलाई एमसीसी बाेकाएकाे हाेइन? याे कुरा बुझ्दनाैँ हामीले? उनले भने, ‘त्यसकारण देशकाे राष्ट्रियता, सार्वभाैमिकता र अखण्डातालाई साैदाबाजी गरेर सत्ताधारीहरूले जुन खालकाे राष्ट्रघात गरिरहेका छन्, यसमा एमसीसी र बीआरआईबीचकाे अन्तर के हाे? त्याे नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले बाेलायाे जिल्ला अध्यक्षहरूको भेला

भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको समिक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको भेला गर्न लागिएको राप्रपाले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक

बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका सांसद देवकोटालाई मर्यादापालकहरुले भित्र प्रवेश गर्न राेकेका हुन्। उनले आफू बैठकमा सहभागी हुन प्रदेशसभा पुगेकाे र तर मर्यादा पालकले बैठक कक्षमा प्रवेश गर्न नदिएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रक्सी खाएर होहल्ला गरेपछि दुबई उड्न लागेका राजेशपायल विमानस्थलबाट फर्काइए

बिहीबार सांगीतिक कार्यक्रमका लागि दुबई जान राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे।  उनी फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका थिए। विमानस्थल स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि विमानमा चढिसकेका उनलाई घर फर्काइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईईको मौका परीक्षा साउन १८ र १९ गते, १ लाख १५ हजार ८३४ परीक्षार्थीले दिन पाउने

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन्। त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा कति पुग्यो सुनको मूल्य?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ। परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईई नतिजा कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन्। बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसईई नतिजा सार्वजनिक

एसईई नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। ५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन्। यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो। लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन्। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर

बलिवुड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ। तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन्। यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन्। ८औं सिजनको र्यापिड फायर राउण्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन्। विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ