बिएल संवाददाता
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टा–छुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ।
उक्त घटनामा एकजना घाइते भएका छन्। कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ।
पहिरोमा परि घाइते ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए।
यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ।
उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ। पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ।
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया